सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकार दुर्गा प्रसाईलाई तुरून्त रिहा गर : एमाले अध्यक्ष ओली

1.57K
shares

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न आग्रह गरेका छन्।

बुधबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित स्थानीय सरकारका उपत्यकास्तरीय जनप्रतिनिधि भेलामा बोल्दै ओलीले प्रसाईंलाई ‘बोलेको आधारमै’ प्रहरीले नियन्त्रणमा लिएको दाबी गर्दै यस्तो कार्य मानवअधिकार विपरीत रहेको बताए।ओलीले भने, ‘दुर्गा प्रसाईंलाई तुरुन्त छोड्नुपर्छ। बोलेको बापत थुन्नु मानव अधिकारको उल्लंघन हो भनेर मानव अधिकार आयोगले नै भनिसकेको छ। सरकारलाई यस्तो उल्लंघन गर्ने अधिकार छैन।’

उनका अनुसार प्रसाईंले भिडियो सार्वजनिक गरेको वा अभिव्यक्ति व्यक्त गरेको आधारमा सरकारले ‘उत्तेजित’ भएर गिरफ्तारी गरेको छ, जुन स्वीकार्य नहुने उनले जिकिर गरे। अपराध भएमा मात्रै कारबाही गर्न सकिने उल्लेख गर्दै उनले अभिव्यक्तिको कारण पक्राउ गर्नु कानुनविपरीत रहेको बताए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports