सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शान्ति सम्झौता भएको १९ वर्ष पुरा भएको अवसरमा प्रचण्डले सन्देश जारी गर्दै

1.31K
shares

काठमाडौँ । तत्कालीन माओवादीका अध्यक्ष तथा हाल नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौताको मूल मर्म समानतामूलक, लोककल्याणकारी र भ्रष्टाचारमुक्त समावेशी गणतन्त्रको स्थापना गर्नु रहेको बताएका छन् ।

शान्ति सम्झौता भएको १९ वर्ष पुरा भएको अवसरमा प्रचण्डले शुक्रबार एक सन्देश जारी गर्दै यस्तो बताएका हुन् । अहिले ‘जेनजी’ युवा पुस्ताले समेत यही मूल्य, भावना र स्पिरिटका साथ आवाज उठाइरहेको प्रचण्डको दाबी छ । ‘शान्ति सम्झौताको आत्मा अनुरूप शासकीय प्रणाली, शासन सञ्चालन तथा संविधानको आवश्यक परिमार्जन गर्न सके मात्र युवाहरूको आकाङ्क्षाको सम्बोधन हुन सक्छ भन्ने दृढ विश्वास छ’, प्रचण्डको सन्देशमा भनिएको छ ।

शान्ति सम्झौतामा तत्कालीन सरकार प्रमुखका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र जनयुद्ध पक्षधर माओवादीका तर्फबाट प्रचण्डले हस्ताक्षर गरेका थिए । प्रचण्डले जारी गरेको सन्देशमा शान्ति सम्झौताका प्रमुख हस्ताक्षरकर्ता मध्येका कोइरालालाई स्मरण र विशेष सम्मान व्यक्त गरेका छन् ।नेपालमा सामन्तवादको अन्त्य गर्दै सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता सहितको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा शान्ति सम्झौताले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

‘जनयुद्धले उठान गरेका सामाजिक न्याय, सुशासन,आर्थिक समानता र समृद्धिका मुद्दाहरू पूरा नभएसम्म शान्ति सम्झौताको सम्पूर्ण कार्यान्वयन सम्भव हुँदैन’, प्रचण्डको सन्देशमा भनिएको छ, ‘शान्ति सम्झौताको जीवित हस्ताक्षरकर्ता म यो प्रक्रियामा विभिन्न रूपमा योगदान पुर्याउनुहुने सबै व्यक्तित्वलाई सम्मान व्यक्त गर्दछु ।’प्रचण्डले आज नयाँ एकीकरण र ध्रुवीकरणबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले शान्ति सम्झौतामा आफ्नो राजनीतिक स्वामित्व र जिम्मेवारी वहन गर्दै बाँकी कार्यभार पूरा गर्न कटिबद्ध रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

‘यस ऐतिहासिक दिनमा, विगतको गम्भीर समीक्षा गर्दै वर्तमान नेपाली समाजमा देखा परेका समस्याहरू समाधान गर्न सबै पक्षको एकताबद्ध प्रयासका लागि म विशेष अपिल गर्दछु’, प्रचण्डले भनेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports