नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तीन जना डीआईजीको सरुवा

1.22K
shares

काठमाडौं । गृह मन्त्रालयले तीन जना डीआईजीको सरुवा गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले यसबारे जानकारी गराएको छ ।सरुवा सूचीअनुसार प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत रहेका डीआईजी विनोद घिमिरेलाई कोशी प्रदेशको जिम्मेवारी दिइएको छ ।

कोशीका डीआईजी ईश्वर कार्कीको एआईजीमा बढुवा भएपछि कोशी प्रदेश प्रहरी प्रमुखविहीन थियो ।त्यसैगरी प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा कार्यरत डीआईजी दिलिप सिंह देउवाको प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ ।

प्रदेश समन्यमा कार्यरत रहेका दिपककुमार बस्नेतको भने महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports