सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज पनि काठमाडौं उपत्यका भित्रको तापक्रम घट्यो, कति पुग्यो त ?

1.2K
shares

काठमाडौँ उपत्यकासहित देशभर नै चिसो बढिरहेको छ।

आज (शुक्रबार) बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ७.० डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।हिजो बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस थियो।

त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: अपडेट गरिन्छ। त्यतिबेलासम्म न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ, कहिलेकाहीँ यही कायम रहन पनि सक्छ।मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम थोरै बढ्छ भने रातभर आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports