सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकाले यि १९ देशका नागरिकले पाएको ग्रिन कार्डको पुनरावलोकन गर्ने

1.22K
shares

अमेरिकाले १९ वटा देशका नागरिकहरूले पाएको ग्रीनकार्ड पुनरवलोकन गर्ने भएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सुरक्षाको दृष्टीले संवेदनशील मानिएका १९ देशका सबै नागरिकहरुलाई दिइएको ग्रीन कार्ड पुनः कडाइका साथ जाँच गर्न लागेको हो।बुधबार राजधानी वाशिङ्टन डिसीमा नेसनल गार्डका सुरक्षाकर्मीहरूमाथि गोली चलेपछि ट्रम्पले कडाइका साथ ग्रीन कार्ड पुनरवलोकन गर्न निर्देशन दिएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।

अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (युएससीआईएस) का निर्देशक जो एड्लोले राष्ट्रपति निर्देशअनुसार सम्बन्धित देशका सबै विदेशी नागरिकका ग्रीन कार्ड पूर्ण रूपमा पुनः परीक्षण गर्न आदेश दिइएको बताएका छन्।युएससीआईएसले जुन महिनामा जारी गरिएको राष्ट्रपतिको घोषणामा सूचीकृत १९ देशलाई ‘सुरक्षाका दृष्टिले संवेदनशील देश’का रूपमा उल्लेख गरिएको जनाएको छ।

ग्रीन कार्ड जाँच हुने देशहरूमा अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गुएना, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेको सिएनएनले जनाएको छ।वाशिङ्टनको गोलीकाण्डमा संलग्न आरोपी रहमानउल्लाह लाकानवाल एक अफगान नागरिक भएको पहिचान सार्वजनिक भएपछि प्रशासनले आप्रवासन नियन्त्रण थप कडा बनाएको हो।

गृह सुरक्षा मन्त्रालयले पूर्व राष्ट्रपति जो बाइडेनको कार्यकालमा स्वीकृत भएका सबै शरणार्थी तथा आश्रयसम्बन्धी मुद्दाहरू पनि पुनरावलोकन गरिरहेको जनाएको छ।मन्त्रालयकी सहायक सचिव ट्रिसिया म्याकलफलिनका अनुसार अफगान नागरिकसँग सम्बन्धित सबै आप्रवासन आवेदन प्रक्रिया तत्कालका लागि अनिश्चितकालीन रूपमा रोकिएको छ। सुरक्षा जाँच र भेटिङ प्रक्रिया पुनः मुल्यांकन नभएसम्म कुनै पनि निवेदन अघि नबढाइने स्पष्ट गरिएको छ।

सन् २०२१ मा अफगानिस्तानबाट अमेरिकी सेना फिर्तापछि ‘अपरेशन एलाइज वेलकम’ कार्यक्रमअन्तर्गत लाकानवाल अमेरिका प्रवेश गरेका थिए।उनी पहिले अमेरिकी सरकारसँग, विशेषगरी केन्द्रीय गुप्तचर एजेन्सीसँग काम गरिसकेका व्यक्ति हुन्। उनले सन् २०२४ मा आश्रयका लागि निवेदन दिएका थिए र ट्रम्प प्रशासनले अप्रिल २०२५ मा उनको आश्रय स्वीकृत गरेको सिएनएनले जनाएको छ।अमेरिकी विदेश मन्त्रालयका अनुसार सन् २०२१ को अगस्टमा अफगानिस्तानबाट अमेरिकी सेना फिर्तापछि अहिलेसम्म करिब एक लाख ९० हजारभन्दा बढी अफगान नागरिक अमेरिका पुनर्वास भइसकेका छन्।

फ्लोरिडास्थित आफ्नो मार-ए-लागो क्लबबाट दिएको भिडियो सम्बोधनमा ट्रम्पले आरोपीलाई अमेरिका भित्र्याउने जिम्मेवारी बाइडेन प्रशासनमाथि थोपर्दै उक्त हमला राष्ट्रिय सुरक्षामाथिको सबैभन्दा ठूलो खतरा भएको दाबी गरे।’बाइडेन कार्यकालमा अफगानिस्तानबाट आएका प्रत्येक विदेशीको पुनः मूल्यांकन गर्नुपर्छ,” उनले भने, ‘देशमा योगदान नदिने वा यहाँ बस्न नहुने कुनै पनि विदेशीलाई हटाउन आवश्यक सबै कदम चालिनेछ।’

प्रशासनको पछिल्लो निर्णय ट्रम्पको कठोर आप्रवासन नीतिकै निरन्तरता भएको बताइएको छ। ग्रीन कार्ड अमेरिकी स्थायी आवासीय हैसियत दिने कानुनी कागजात हो, जुन शरणार्थी वा आश्रय कार्यक्रमभन्दा अलग हुन्छ। तर शरणार्थीले पनि एक वर्षपछि ग्रीन कार्डका लागि आवेदन दिन पाउने व्यवस्था छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports