विश्वका कुनै पनि लोकतान्त्रिक सरकारले आफैँले सञ्चारमाध्यम सञ्चालन गर्ने गरेको छैन । नेपालमा...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारी सुन तस्करीको आरोपमा दोहामा पक्राउ

1.74K
shares

काठमाडौँ । नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारीलाई सुन तस्करीको आरोपमा दोहामा पक्राउ परेका छन् ।

सुन तस्करीको आरोपमा उनलाई दोहा प्रहरीले नियन्त्रणमा लिएको हो ।पक्राउ परेसँगै तिवारीलाई तीन महिनाको लागि निलम्बन गरिएको बताइएको छ। तिवारीबाट आठ तोला सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त घटना नोभेम्बर २९ मा भएको हो । उडान नम्बर आरए २४० दोहाबाट काठमाडौँ आइपुग्ने तालिका थियो। दोहा विमानस्थल भन्सार जाँचका क्रममा तिवारीमा आठ तोला सुन भेटिएको जनाइएको छ । यसका कारण उडान लगभग ३५ मिनेटको लागि रोकिएको थियो । नेपाल एयरलाइन्सका दोहा स्टेसन म्यानेजर कृष्ण बजगाईंले यसको पुष्टि गरे।

नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले भने यो विषयमा आधिकारिक रूपमा आफूलाई जानकारी नभएको बताइन् । ‘मलाई आधिकारिक रूपमा यसबारे जानकारी छैन,’ उनले भनिन्, ‘आधिकारिक नभई मैले बोल्न मिल्दैन ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports