नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मधेस प्रदेशमा संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठनको बाटो खुला

1.48K
shares

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएसँगै मधेस प्रदेशमा संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठनको बाटो खुला भएको छ ।

सर्वोच्च अदालतको परमादेश अनुसार विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा बहुमत नपुग्ने देखेपछि मुख्यमन्त्री यादवले बुधबार पदबाट राजीनामाको घोषणा गरेपछि नयाँ सत्ता समीकरणको ढोका खुला भएको हो।विश्वासको मत लिन निर्धारित प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले रोष्टमबाटै राजीनामाको घोषणा गरेका हुन्। बैठकमा उनले मन्तव्य राखिरहँदा विपक्षी सात दलका सांसदहरू बैठक बहिष्कार गर्दै बाहिरिएका थिए ।

सत्ता साझेदार दलबाट मात्रै विश्वासको मत प्राप्त नहुने निश्चित निष्कर्ष निकाल्दै उनले मार्गप्रशस्त गर्ने निर्णय गरेका हुन् ।यसअघि तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले कात्तिक २३ गते यादवलाई संविधानको धारा १६८ (३) बमोजिम ठुलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। तर, उक्त नियुक्ति असंवैधानिक भएको दाबी गर्दै सात दलका ७४ प्रदेशसभा सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले मंसिर १५ गते मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।

सर्वोच्चको आदेश पालना गर्दै आज बैठक बसे पनि यादव विश्वासको मत प्राप्त गर्न असफल भएका हुन्। सभालाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका यादवले आजै प्रदेश प्रमुख समक्ष लिखित राजीनामा पेस गर्ने बताएका छन् ।यादवको बहिर्गमनसँगै अब प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनको आह्वान गर्ने प्रक्रिया अघि बढ्नेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports