linktrix Long Ad
Salt Trading Long Ad

नागरिक उड्डयन प्राधिकरण महानिर्देशक सहितको भ्रष्टाचार विरुद्धको मुद्धा विशेष अदालतमा सुनुवाइ सुरू

1.53K
shares

नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीविरुद्ध विशेष अदालतमा थुनछेक बहस सुरु भएको छ।

न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासमा आज (आइतबार) थुनछेक बहस थालिएको हो।यसअघि शुक्रबार पेसी तोकिए पनि त्यस दिनको इजलासमा रहेका ३ न्यायाधीशमध्ये नारायणप्रसाद पौडेलले हेर्न नमिलेकाले सुनुवाइ स्थगन गरिएको थियो।त्यसपछि आज फेरि अधिकारी र भण्डारीलाई अदालत उपस्थित गराई थुनछेक बहस सुरु गरिएको हो।

अधिकारी सहितले सम्झौता बमोजिम विस्तृत अध्ययन प्रतिवेदन पेसै नगरी र अन्य प्रक्रिया पनि पूरा नगरी हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको निष्कर्ष अख्तियारको छ। अधिकारी र भण्डारीलाई गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको थियो।अख्तियारले बुधबार अधिकारी र भण्डारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। आरोप पत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी, तत्कालीन निर्देशक मुरारी भण्डारी, तत्कालीन उपप्रबन्धक हालका प्रबन्धक विक्रम थापा, तत्कालीन वरिष्ठ अधिकृत तथा हालका उपप्रबन्धक सम्वृद्धि श्रेष्ठ, परामर्शदाता गुरुदत्त अधिकारी, अभियन्त्र कन्सल्टिङ प्रालि तथा उक्त कम्पनीका तत्कालीन सञ्चालक विजय थापालाई प्रतिबादी बनाइएको छ।

४ जना फरार छन्। उनीहरू सबैलाई १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा बराबर रकम सामुहिक बिगो कायम गरिएको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports