मलेखु–मुग्लिङ सडकखण्ड दुईवटा बस ठोक्किए, घाइतेको अवस्था सामान्य
वि.सं.२०८२ मंसिर २१ आइतवार १३:३२
shares

काठमाडौं । मलेखु–मुग्लिङ सडकखण्ड अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको तिङ्ग्राङखानी भन्ने स्थानमा दुईवटा बस ठोक्किएका छन् ।
घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्याइएको छ । धेरैजसो घाइतेको अवस्था सामान्य रहेको जोगिमारा प्रहरीले जनाएको छ ।विपरीत दिशामा रहेका बसहरु आज दिउँसो करिब सवा १२ बजेतिर ठोक्किएका थिए ।
बस ठोक्किएपछि केही यात्रुहरु त्यहीँ फसेका थिए ।फसेका यात्रुहरुलाई झ्यालका सिसा फुटाएर उद्धार गर्नुपरेको थियो ।दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।






































