सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको महाधिवेशनमा सहभागीको संख्या २६१३ हुने

1.69K
shares

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ। पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेल सहितको टिम प्रतिनिधिहरूको विवरण अध्यावधिक गर्ने कार्यमा निरन्तर जुटेका छन्।

विभागका प्रमुख अधिकारीले महाधिवेशनमा २ हजार १ सय ५४ जना निर्वाचित भएर आउने बताए।१ सय ८ जना केन्द्रबाट प्रतिनिधि मनोनित हुने छन्। मनोनितसहित प्रतिनिधिको संख्या २ हजार २ सय ६२ जना हुने अधिकारीले जानकारी दिए। घरफर्क अभियानमार्फत् तात्कालीन नेकपा एकीकृत समाजवादीबाट आउने मध्येबाट समेत तीन जनाले प्रतिनिधि हुन पाउँ भनी निवेदन दिएका छन्। उनीहरूको विषयमा पार्टी सचिवालयले निर्णय गर्ने विभागले बताएको छ।

अधिकारीका अनुसार प्रतिनिधि छनौटमा धनकुटा र ओखलढुंगा जिल्लामा देखिएको समस्या समाधान भइसकेको छ। ती जिल्लाहरूमा प्रतिनिधि छनौट प्रक्रिया पार्टी केन्द्रले जारी गरेको अन्तरपार्टी निर्देशन १३ अनुसार नभएकाले केन्द्रले त्यसलाई रद्द गरी पुनः मापदण्ड पुर्‍याएर प्रतिनिधि छनौट गर्न निर्देशन जारी गरेको थियो। जस अनुसार दुवै जिल्लाबाट सर्वसम्मत रूपमा प्रतिनिधि छनौट भएर आएका छन्। त्यसबाहेक तीनवटा जिल्लामा प्रतिनिधि छनौटका विषयमा उजुरी परेकाले निराकरण गर्ने काम भइरहेको अधिकारीले बताए।प्रतिनिधि निर्वाचित भएर आएका कतिपयको हकमा पनि मापदण्ड नपुगेको भन्ने उजुरी र गुनासोका आधारमा छानबिन भइरहेको उनले बताए। संगठन विभागले मापदण्ड नपुगेका कुनै पनि प्रतिनिधिलको कार्ड नबनाउने तयारी गरेको छ। ‘हामीले ७० प्रतिशतभन्दा बढी प्रतिनिधिहरुको प्रमाणीकरण गरिसक्यौं,’ अधिकारीले भने।

एमालेको महाधिवेशन बन्द शत्र हलमा प्रतिनिधि बाहेक थप ३ सय ५१ जना सदस्य सहभागीका रूपमा प्रवेश गर्दैछन्। उनीहरू सल्लाहकार परिषद्का सदस्यहरु हुन्। सल्लाहकार परिषदमा ३ सय ७६ जना सदस्य रहेकोमा २५ जना प्रतिनिधि निर्वाचित भएर आएका छन्। प्रतिनिधि हुन नसकेकाहरुलाई महाधिवेशनमा सहभागीका रुपमा प्रवेश गर्ने व्यवस्था मिलाइएको हो। प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा २ हजार ६ सय १३ जना सहभागी हुनेछन्।विभागले दिएको जानकारी अनुसार महाधिवेशन प्रतिनिधिहरुको परिचय पत्र छपाइको काम पनि धमाधम भइरहेको छ। हालसम्म ७० प्रतिशत कार्ड छपाइ सकिएको केन्द्रीय कार्यालयले जनाएको छ। आगामी २५ गतेभित्र सम्पूर्ण प्रतिनिधि र कार्ड छपाइको काम सकिने केन्द्रीय कार्यालयले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports