सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकाले जनवरियता ८५हजार भिसा रद्द गर्यो

1.77K
shares

अमेरिका। अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अध्यागमन (इमिग्रेसन) नियम कडा बनाएपछि ८५ हजार भिसा रद्द गरिएको छ ।

गएको जनवरीदेखि हालसम्म ८५ हजार भिसा रद्द गरिएको यूएस स्टेट डिपार्टमेन्टले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ । यसले अध्यागमन प्रवर्तन र सीमा सुरक्षामा ट्रम्प प्रशासनको बढ्दो कडाइलाई जनाउँछ ।

भिसा रद्द गरिएका मध्ये आठ हजारभन्दा बढी विद्यार्थी छन् । यो अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा पनि बढी हो ।एक्समा यूएस स्टेट डिपार्टमेन्टको उक्त पोस्टमा ट्रम्पको एउटा तस्बिर पनि सेयर गरिएको छ । त्यसमा ‘मेक अमेरिका सेफ अगेन’ लेखिएको छ ।

एक वरिष्ठ अधिकारीले मादकपदार्थ सेवन गरेर गाडी चलाउनु, चोरी, आक्रमण जस्ता अपराध भिसा रद्द गरिनुको प्रमुख कारण भएको बताएका छन् ।केही भिसाको म्याद समाप्त, आतंकवादको समर्थनसँग जोडिएको जाँच र अरू गम्भीर कारणले पनि रद्द गरिएको जनाइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports