सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चाँदीको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ हजार ७५० रुपैयाँ

1.86K
shares
काठमाडौं । चाँदीको मूल्यले एक साताअघिको रेकर्ड तोडेको छ ।

बुधबार चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला ३ हजार ७५० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा एकैदिन १५० रुपैयाँले चाँदी बढेको हो ।अघिल्लो दिन प्रतितोला ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत बुधबार चाँदीको भाउले ३ हजार ६५५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो ।

त्यस्तै सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज बुधबार २ लाख ५२ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउले गत असोज ३१ गतेको रेकर्ड तोड्न सकेको छैन । गत असोज ३१ गते २ लाख ५८ हजारमा सुनको कारोबार भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports