सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ

1.33K
shares

बुटवल । प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन् । नवलपरासी पूर्वमा कार्यरत डीएसपी नेपाल बहुविवाहको कसुरमा पक्राउ परेका हुन् । नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो ।

उनकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताए । उनले भने– ‘केस परेपछि उहाँ आफैँ हिजो साँझ आउनुभएकाे थियाे, उहाँलाई पक्राउ गरेर म्याद थप गरिएको छ ।’ नेपालमाथि ३ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको उनले बताए । उनले बहुविवाहबारे थप प्रमाण बुझ्ने काम भइरहेको समेत बताए । नेपालकी दोस्रो श्रीमतीको खोजी कार्य भइरहेको एसपी क्षेत्रीले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports