सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल ट्रष्टको नाममा दर्ता कायम रहेको जग्गा बदनियत राखी हानी नोक्सानी हुनेगरी लिजमा लगाएको प्रकरणको अनुसन्धान संगठिततर्फ पनि मोडियो

1.69K
shares

काठमाडौं। नेपाल ट्रष्टको नाममा दर्ता कायम रहेको जग्गा बदनियत राखी हानी नोक्सानी हुनेगरी लिजमा लगाएको प्रकरणको अनुसन्धान संगठिततर्फ पनि मोडिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुरमा ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो । तर अनुसन्धानको क्रममा योजनाबद्ध तरिकाले विभिन्न व्यक्तिको समूह बनाएर काम भएको खुलेपछि अहिले संगठित कसुर पनि आकर्षित भएको छ ।संगठित कसुर आकर्षित हुने देखिएपछि अदालतबाट संगठित कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको सीआईबीका निर्देशक तथा प्रमुख (एआईजीपी) डा मनोज केसीले बताए । ‘सुरुमा ठगी, आपराधिक विश्वासघातमा अनुसन्धान गरेका थियौं। करित १० दिन जति भयो संगठितमा पनि म्याद लिएर अनुसन्धान गरेका हौं’ डा केसीले अनलाइनखबरसँग भने ।

संगठित कसुरमा समेत म्याद लिएसँगै अब ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने सुविधा सीआईबीलाई हुन्छ । यसअघि भने जम्मा २५ दिनभित्र मुद्दा बुझाउनुपर्ने हुन्थ्यो।संगठितमा मयाद लिएसँगै यो मुद्दाका प्रतिवादी ३ जनाभन्दा बढी बन्ने निश्चत देखिन्छ । किनकि तीन जना सो भन्दा बढी व्यक्ति जोडिएको अवस्थामा मात्रै संगठित कसुर आकर्षित हुने व्यवस्था छ।२२ कात्तिकमा सीआईबीले ट्रष्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । त्यसको एक सातापछि ३० कात्तिकमा ट्रष्टका तत्कालीन सचिव अर्जुनबहादुर कार्की पक्राउ परेका थिए। अहिलेसम्म यो प्रकरणमा पक्राउ परेका यी दुई जना मात्रै हुन् ।यो प्रकरणमा यति ग्रुपका प्रमुख लाक्पा सोनाम शेर्पाविरुद्ध पनि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । तर शेर्पाले उच्च अदालतबाट पक्राउ पुर्जीविरुद्ध स्टे अर्डर (अन्तरिम आदेश) लिएपछि उनी पक्राउबाट सीआईबी पछि हटेको छ ।

दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौता बारे अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ । संस्थालाई नोक्सानी हुने गरी ३० वर्षका लागि जग्गा लिजमा दिइएको आरोप छ ।नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिको बीचमा लिजमा दिने–लिने करार सम्झौता हुँदा सूचनामा उल्लेख भएको कित्ता नं ४६०६ को जग्गाभन्दा बढी अर्को कित्ता नं. ४६०५ समेत थपगरी लिजमा दिने÷लिने सम्बन्धमा सञ्चालक समितिको निर्णय र आधारविना बद्नियतपूर्वक नेपाल ट्रष्टका नाममा रहेको जग्गा बोट मोडलका लागि निर्माण अवधि तीन वर्षसमेत तोकी ३० वर्षका लागि लिजमा दिने÷लिने सम्झौता गरेको पाइएको हो।१४ जेठ २०७४ मा नेपाल ट्रष्टको कार्यालयलाई दीर्घकालीन हानिनोक्सानी हुनेगरी उक्त करार सम्झौता भएको पाइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports