सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेन जी र सरकारबीच हिजो भएको सम्झौता मिराज ढुङ्गानाद्धारा अस्वीकार

1.77K
shares

काठमाडौँ। सरकार र जेनजी समूहबिच बुधबार सम्पन्न १० बुँदे सम्झौताप्रति असन्तोष व्यक्त गर्दै जेनजी आन्दोलनका अभियन्ता मिराज ढुङ्गगनाले सहमतिले आन्दोलनका मूल आवाज र मागहरूको उचित प्रतिनिधित्व गर्न नसकेको आरोप लगाएका छन् ।

अभियन्ता ढुङ्गानाले बुधबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उक्त सम्झौताले जनआन्दोलनको ‘वास्तविक मर्म, भावना र निर्णायक निष्कर्षहरू समेट्न नसकेको’ दाबी गर्दै यसलाई अस्वीकार्य भएको बताएका हुन् ।विज्ञप्तिमा भनिएको छ, ‘सम्झौता पत्रमा आन्दोलनका केही मागहरू सम्बोधन भए पनि प्रमुख मागहरू स्पष्ट, ठोस र कार्यान्वयनयोग्य रूपमा समेटिएका छैनन् र चुनावअघि तिनको कार्यान्वयनबारे कुनै सुनिश्चितता दिएको छैन।’

ढुङ्गानाले सरकारको हालको सम्झौता प्रक्रियाले देशको स्थायित्व, सुशासन र परिवर्तनको मूलभूत आवाजलाई बेवास्ता गरेको आरोप लगाए । ‘व्यापक सर्वपक्षीय जनआवाजलाई बेवास्ता गर्दै केही स्वार्थ समूहसँग गरिएको राजनीतिक सम्झौताले भविष्यमा अझ गम्भीर अविश्वास र अस्थिरता निम्त्याउन सक्छ’, विज्ञप्तिमा उल्लेख छ ।जारी विज्ञप्तिमा जनताको भावना, बलिदान र परिवर्तन चाहने मनोभावनालाई उपेक्षा गर्दै गरिने कुनै पनि सहमति स्वीकार्य नहुने चेतावनी दिइएको छ।

ढुङ्गानाले उक्त सम्झौतालाई ‘आन्दोलन तुहाउने षड्यन्त्र र भ्रमपूर्ण’ भएको आरोप लगाउँदै आफूहरू यसका घोर विरोधी रहेको घोषणा गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports