सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विराटनगरलाई पराजित गर्दै लुम्बिनी एनपीएलको फाइनलमा प्रवेश

1.47K
shares

काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनल प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले फाइनलमा स्थान पक्का गरेको हो ।

लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७ ओभर ५ बलमा ९४ रनमा समेटियो । विराटनगरका लागि साम हिजलेटले सर्वाधिक ३४ रन बनाए । मार्टिन गप्टिल २, फाफ डु प्लेसिस ३, नरेन भट्ट २१, लोकेश बम ०, शंकर राना ७, मार्चेन्ट डि लिङे १७, बसिर अहमद ३, प्रतिश जिसी २ र कप्तान सन्दीप लामिछाने ३ रनमा आउट भए ।

बलिङमा लुम्बिनीका तिलक भण्डारीले ३, रुवेन ट्रम्पलम्यान, जेजे स्मिथ र अभिषेश गौतमले दुईदुई तथा शेर मल्लले एकएक विकेट लिए ।त्यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको थियो ।

लुम्बिनीका लागि ओपनर डार्सी सर्टले सर्वाधिक ४५ रन बनाए । उनले कप्तान रोहित पौडेलसँग दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए । रोहित ३४ रनमा आउट भए । दिनेश अधिकारी १, निरोशन डिक्वेला २९, सन्दीप जोरा ०, जेजे स्मिथ ०, दिलिप नाथ १ र शेर मल्ल ७ रनमा आउट भए । अभिषेश गौतम २ र रुवेन ट्रम्पलम्यान ११ रनमा अविजित रहे ।

बलिङमा विराटनगरका सुवाश भण्डारी र प्रतिश जिसीले ३–३ तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । लुम्बिनीले अब उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports