तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

म्याग्दीका सीडीओ तिवारी भिजिट भिसा प्रकरणमा जोडिएपछि मन्त्रालय तानिए

1.91K
shares

काठमाडौं । भिजिट भिसा प्रकरणमा तानिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका सीडीओ (प्रमुख जिल्ला अधिकारी) बद्रि तिवारी गृह मन्त्रालय तानिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारी समेतमाथि अनुसन्धान भइरहेको बताएपछि उनको जिम्मेवारी खोस्दै मन्त्रालय तानिएको हो । गृह मन्त्रालय स्रोतका अनुसार उनलाई गृह मन्त्रालयको अतिरिक्त समूह जगेडामा राखिएको हो ।तिवारीलाई मन्त्रालय तानेर म्याग्दीको सीडीओको रुपमा रवीन्द्र आचार्यलाई पठाइएको छ । उनी शान्ति सुरक्षा महाशाखामा कार्यरत उपसचिव हुन् ।

तिवारी तत्कालीन गृहमन्त्री रमेश लेखकको पालामा उनको निजी सचिव भएर काम गरेका थिए । केही दिनअघि मात्रै विशेष अदालतमा दायर भएको भिजिट भिसा प्रकरणमा लेखक सहित तिवारी लगायतका व्यक्ति माथि पनि छानबिन भएको अख्तियारले बताएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports