सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंमा आज पनि घट्यो न्यूनतम तापक्रम

1.69K
shares

सोमबारको तुलनामा मंगलबार (आज) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ। यसको अर्थ हिजोको तुलनामा आज बिहान चिसो बढेको छ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको हो। हिजो यो समयमा उपत्यकाको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस थियो।यद्यपि पछि बिहान ८:४५ बजे घटेर हिजो उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस कायम भएको थियो। आजको आधिकारिक न्यूनतम तापक्रम पनि यही समयमा फेरि मापन गरिन्छ। त्यतिबेला अहिलेको भन्दा न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports