सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पेट्रोलको मूल्य बढ्यो , डिजेल र मट्टितेलको घटयो

1.74K
shares

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल एवम् मट्टितेलको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीका आधारमा निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढेको जनाएको छ ।

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर चार रुपैयाँले घटाइएको छ । नयाँ समायोजित मूल्य आजै राति १२ बजेदेखि लागू हुने छ ।नयाँ मूल्यअनुसार पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ ५० पैसा कायम भएको छ। सोही स्थानमा डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा तोकिएको छ ।

दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ तथा डिजेल÷मट्टितेल १४१ रुपैयाँ कायम गरिएको छ।तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ र डिजेल÷मट्टितेल प्रतिलिटर १४२ रुपैयाँ कायम भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports