ओली समूहमै समेटिए उपाध्यक्षका उम्मेदवार रघु जी पन्त
वि.सं.२०८२ पुस १ मंगलवार १६:५५
shares

काठमाडौं । अध्यक्षका दाबेदार केपी शर्मा ओलीको टिममा उपाध्यक्षमा रघुजी पन्तलाई समेटिएको छ ।
उपाध्यक्षका उम्मेदवार प्रदीप ज्ञवालीले उम्मेदवारी नदिएपछि ओली टिममा पन्तलाई समेटिएको हो ।पन्तले उपाध्यक्षमा उम्मेदवारी दिँदासम्म संस्थापन पक्षले समेटेको थिएन । त्यही कारण उनी ईश्वर पोखरेलको समूहबाट उम्मेदवार भएका थिए ।
































