सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मधेश प्रदेशको सभामुखमा जसपा नेपालका राम अशिष यादव निर्वाचित

2.2K
shares

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी जसपा नेपालका रामअशिष यादव निर्वाचित भएका छन् । आज सम्पन्न प्रदेशसभा बैठकमा सातदलीय गठबन्धनबाट उम्मेदवार रहेका यादवले ९६ सांसद उपस्थितमध्ये ७२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । विपक्षमा २४ मत परेको थियो।

उपसभामुख बबिता राउत इशरले यादवको निर्वाचित घोषणा गरिन् । यादवलाई सभामुखमा चयन गर्न नेपाली काँग्रेसका सांसद विरेन्द्र प्रसाद सिंहले प्रस्ताव गरेका थिए । प्रारम्भमै यादवको सभामुखमा निर्वाचित गरिनुपर्ने प्रस्ताव बहुमतले पारित भएको थियो भने नेकपा एमालेका प्रतिस्पर्धी त्रिलोकी प्रसाद यादवको प्रस्ताव अघि बढाइएन ।

सभामुखमा निर्वाचित रामअशिष यादव धनुषा निर्वाचन क्षेत्र नं २ ख बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् र जसपा नेपालका प्रमुख सचेतकको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन् ।यसअघि नेकपा एमालेका रामचन्द्र मण्डल सातदलीय गठबन्धनको असहमति कारण गत मंसिर ३ गते दुई तिहाई बहुमतबाट पदमुक्त भएका थिए । त्यसपछि सभामुखको पद रिक्त थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports