सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईं बीच भेटवार्ता हुने

1.66K
shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं बीच भेटवार्ता हुने भएको छ । उनीहरूबीच पुस १५ गतेभित्र उच्चस्तरीय भेटवार्ता तय गरिएको हो ।

प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालले प्रसाईंलाई पत्र पठाउँदै भेटवार्ता तय गरिएको जानकारी गराएका हुन् ।सरकारले सञ्चारमन्त्री जगदिश खरेलको संयोजकत्वमा वार्ता समिति नै गठन गरेर निरन्तर संवाद भइरहेको जनाएको छ ।सरकारले विभिन्न पाँचवटा बुँदामा तत्काल सम्बोधन गर्नुपर्ने विषयहरू पनि प्रसाईंलाई पत्रमार्फत जानकारी गराएको छ ।

चैत १५ गते भएको तीनकुने घटनामा प्रसाईं लगायतका अभियन्ताहरूमाथि लगाइएको फौजदारी मुद्दाहरू फिर्ताको प्रक्रिया अघि बढाउनुपर्ने, भूमिहीन सुकुमबासी र कवाड व्यवसायीहरूलाई वैकल्पिक व्यवस्था नभएसम्म अहिलेको स्थानबाट नहटाउन सुनिश्चित हुनुपर्ने, बैंक, लघुवित्त, सहकारी लगायतका वित्तिय संस्थाहरूको समस्या समाधान हुनुपर्ने, किँरात, बौद्धसहितको हिन्दु अधिराज्य, प्रदेश खारेजी र राजसंस्थाको सन्दर्भमा जनमत संग्रहको माध्यमबाट निर्णय लिनुपर्ने, चिकित्सा शिक्षा नर्सिङ, एमबीबीएस, एमड िअध्ययनका लागि विद्यार्थी कोटा वृद्धि गर्नुपर्ने लगायतका मागलाई सरकारले प्राथमिकतामा राखेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports