सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौँ महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रूपमा सञ्चालनमा नरहेको, सञ्चालनमा रहेको पुष्टि गर्न नसकेमा बन्द गर्नका लागि सिफारिस गरिने

1.22K
shares

काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रूपमा सञ्चालनमा नरहेको पाइएको छ । महानगरपालिकाको नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार विगतमा अनुमति पाएर पनि हाल स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएको हो ।

स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएका यस्ता विद्यालयलाई १५ दिनभित्र शिक्षा विभागमा सम्पर्क महानगरले अल्टिमेटम दिएको छ । विभागले आइतबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।महानगरले अनुमति पाएर पनि हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजी प्रक्रिया अगाडि बढाउन लागेको जनाएको छ । त्यस्ता विद्यालयको सूची सार्वजनिक गरेको महानगरले अझै सञ्चालनमै रहेको भए सम्बन्धित प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक वा गुठीयारलाई सम्पर्कमा आउन भनेको हो ।

तोकिएको समयभित्र सम्पर्क गरी सञ्चालनमा रहेको पुष्टि गर्न नसकेमा त्यस्ता विद्यालयहरू बन्द गर्नका लागि कार्यपालिकामा सिफारिस गरिने विभागले जनाएको छ ।पछिल्लो समय महानगरले अनधिकृत वा नाम मात्रका विद्यालय हटाउने र शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउने अभियानलाई तीव्रता दिइरहेको जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports