बालुवाटारमा प्रधानमन्त्रीसँग देउवा, ओली र प्रचण्डको छलफल
वि.सं.२०८२ पुस १२ शनिवार १६:३५
shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेकी छिन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरबाट छलफल सुरु भएको हो ।
छलफलमा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन् । अहिले उनीहरूबीच छलफल चलिरहेको छ ।
































