तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने

1.57K
shares

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको हाे ।

प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बिहीबार (जनवरी १) देखि बेलिब्रिज सञ्चालनमा आउने जानकारी दिए ।‘जनवरी १ देखि बेलिब्रिज सञ्चालन हुने भन्ने जानकारी हामीलाई प्राप्त भएको छ,’ पन्थीले भने, ‘आधिकारिक रूपमा भने आएको होइन । उहाँहरूले सामाजिक सञ्जालमा राखिसक्नु भएको छ । त्यसैलाई आधिकारिक मान्नु पर्ने देखियो ।’

बेलिब्रिज सञ्चालनमा आएपछि नाका पनि खुला हुने उनको भनाइ थियो । गत असार २४ गते चीन तर्फबाट आएको बाढीले रसुवागढी–चीन जोड्ने मितेरी पुल बगाएको थियो । त्यसपछि चिनियाँ सरकारले बेलिब्रिज निर्माण गरेको हो । करिब ६ महिनापछि सञ्चालनमा आउने भएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports