विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपाको समानुपातिक सूचीमा बालेन साहको भागमा ४० जना पर्ने

2.16K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा बालेन साह को भागमा ४० जना पर्ने भएका छन् । रवि लामिछाने र बालेनबीच आइतबार बिहान यो सहमति भएको हो ।

निर्वाचन आयोगमा आज र भोलि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको बन्द सूची बुझाउने कार्यक्रम छ । समानुपातिकतर्फ ११० जनाको नाम बुझाउनु पर्छ । त्यसमा बालेन पक्षका ४० र बाँकी रास्वपाका उम्मेदवारहरुको नामावली बुझाउने सहमति भएको स्रोतले बतायो ।रास्वपा र बालेनबीच आइतबार बिहान भएको ७ बुँदे सम्झौता पत्रमा यो विषय उल्लेख भने छैन । तर यसबारे मौखिक समझदारी भएको स्रोतले बतायो ।

‘समानुपातिकतर्फ बालेनजीलाई ४० जनाको नाम ल्याउनुस् भनिएको छ,’ स्रोतले भन्यो, ‘रास्वपाका बाँकी ७० जना हुन्छन् ।’ विभिन्न जेनजी समूहका अगुवा पनि बालेनको सूचीमा पर्ने स्रोतको भनाइ छ ।रास्वपाले समानुपातिक सांसद उम्मेदवार चयन गर्न आन्तरिक भोटिङ चलाइरहेको छ । त्यसमा लोकप्रिय मत पाउनेलाई उम्मेदवार बनाउने रास्वपाले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports