विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राजनीतिक दलले प्रचारप्रसारमा मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न सक्ने’

1.94K
shares

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आचारसंहिता स्वीकृत गरेको छ । शनिबार बसेको आयोगको बैठकले आचारसंहिता स्वीकृत गरेको हो ।

आचारसंहितामा राजनीतिक दलले चुनावमा कस्ता सवारी, कति प्रयोग गर्न पाउने भन्ने पनि उल्लेख छ । यसअनुसार हेलिकप्टर प्रयोग गरेर प्रचारमा जानुपर्ने अवस्था छ भने राजनीतिक दलले आयोगमा पहिल्यै विवरण बुझाउनुपर्ने उल्लेख छ ।‘राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुईजना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न सक्ने’ आचारसंहितामा भनिएको छ ।

त्यस्तै हेलिकप्टर प्रयोग गर्दा आयोगले निर्धारण गरेको समानुपातिक निर्वाचन प्रणालीबमोजिम बन्दसूचीका उम्मेदवारको स्ख्याका आधारमा दलले गर्न पाउने खर्चको सीमाभित्रै रहेर गर्नुपर्ने पनि उल्लेख छ ।आचारसंहितामा एक उम्मेदवारले प्रचारप्रचारमा दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने उल्लेख गरिएको छ ।‘निर्वाचन अधिकृतको अनुमति लिई उमेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उमेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा दुईपांग्रे वा तीनपांग्रे वा चारपांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने सवारीसाधन र त्यस्ता सवारीसाधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सक्ने,’ आचारसंहितामा उल्लेख छ ।

त्यस्तै दल, उम्मेदवार र पार्टीका नेता कार्यकर्ताले विदेशी नम्बरप्लेटको सवारी प्रयोग गर्न नपाउने पनि आचारसंहितामा भनिएको छ । आचारसंहितामा एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी अर्को दल वा उम्मेदवारले प्रयोग गर्न पनि नपाइने उल्लेख छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports