विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको सचिवालय बैठक सुरू, समानुपातिक तर्फका उम्मेदवारको नाम टुङ्गो लगाउने

1.76K
shares

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक अहिले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ । पार्टीको ११ औं महाधिवेशनपछि पहिलोपटक बैठक बसेको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली पछिको वरीयतामा उपाध्यक्ष रामबहादुर थापा (बादल)लाई राखिएको छ । नयाँ नेतृत्व आएपछिको सचिवालयको पहिलो बैठकमा अध्यक्ष ओलीपछिको वरीयतामा उपाध्यक्ष बादललाई राखिएको हो ।बैठकमा अध्यक्ष ओलीको दाहिनेतिर बादल बसेका छन् भने त्यसपछि उपाध्यक्षहरु विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त छन् ।

अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल बसेका छन् । जारी सचिवालय बैठकले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको टुंगो लगाउनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports