आजको मौसम : तराईमा हुस्सु र पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना
वि.सं.२०८२ पुस १४ सोमवार ०८:५५
shares

काठमाडौं । सोमबार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोः तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ ।
यसैगरी, देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
राति तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।




































