काँग्रेसले टुङ्ग्यायो समानुपातिक उम्मेदवारको नाम
वि.सं.२०८२ पुस १४ सोमवार १२:१२
shares

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको सूची टुंग्याएको छ । आजको कांग्रेस केन्द्रीय कार्यसमितको बैठकले सूची अनुमोदन गरेपछि निर्वाचन आयोगमा पेस गर्ने एक नेताले जानकारी दिए ।
कांग्रेसले समानुपातिक उम्मदेवारको सूची तयार गर्ने जिम्मा सात प्रदेशबाट सात जना नेतालाई दिएको थियो । कोसी प्रदेशबाट ज्ञानेन्द्रबहादुर कार्की, मधेसबाट महेन्द्र यादव, बागमतीबाट प्रकाश शरण महत, गण्डकीबाट सुरेन्द्र पाण्डे, लुम्बिनीबाट बालकृष्ण खाँण, कर्णालीबाट जीवन शाही र सुदूरपश्चिमबाट एनपी साउदले समानुपातिक उम्मदेवारको सूची तयार पार्ने जिम्मेवारी पाएका थिए ।
उनीहरूले आफूले तयार गरेको सूची सभापति शेरबहादुर देउवालाई बुझाइसकेका छन् । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि दलहरूलाई समानुपातिक उम्मेदवारको सूची बुझाउन आजसम्मको समय दिएको छ ।





































