प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाँच दलले समानुपातिकको बन्दसूची पेस गरे

1.73K
shares

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ अन्तिम दिन (साढे १२ बजेसम्म) पाँच दलले मात्र बन्दसूची बुझाएका छन् । अन्य दलहरू पनि बन्दसूची बुझाउन आयोग जाने तयारीमा छन् ।

आयोगले तोकेअनुसार समानुपातिकतर्फको बन्दसूची बुझाउन सोमबार अन्तिम दिन हो । बन्दसूची बुझाउने दलहरूलाई आयोगले सोमबार साँझ चार बजेसम्म टोकन लिइसक्न भनेको छ ।पहिलो दिन आइतबार तीनवटा दलले मात्र आयोगमा बन्दसूची पेस गरेका थिए । पहिलो दिन नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र राष्ट्रिय जनमोर्चाले बन्दसूची पेस गरेका थिए ।

त्यस्तै, अन्तिम दिन सोमबार जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)ले बन्दसूची पेस गरेको निर्वाचन आयोगले जनाएको छ । प्रमुख लगायत अन्य दलहरू बन्दसूची बुझाउन अपराह्नसम्म आयोग पुग्ने तयारीमा छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports