सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

समानुपातिकतर्फ ६४ दलले बुझाए बन्द सूची, ३४२४ उम्मेदवार, कुन दलका कति ?

1.91K
shares

काठमाडौँ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतफ ६४ दलले ५८ निर्वाचन चिन्हमा भाग लिने गरी बन्दसूची पेश गरेका छन् । निर्वाचन आयोगको विवरणअनुसार २२ वटा दलले समानुपातिकतर्फको सबै सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् । बाँकी दलले भने कम्तिमा १० देखि १०१ जनासम्मको बन्दसूची पेश गरेका छन् ।

६ वटा दलले न्यनतम ११ जना बन्दसूची पेश गर्नुपर्ने व्यवस्था अनुसार ११ जना मात्रै बन्दसूचीमा पेश गरेका छन् । बन्दसूची पेश गर्ने पहिलो दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेको छ भने अन्तिम दलमा नेपाली कांग्रेस छ । जसमा ५४ दल आफ्नो निर्वाचन चिन्हमा समानुपातिकतर्फमा भाग लिन बन्दसूची पेश गरेका छन् भने १० वटा दल ४ वटा निर्वाचन चिन्हमा समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि बन्दसूची पेश गरेका छन् ।

आम जनता पार्टी र जनादेश पार्टी नेपाल मोबाइल निर्वाचन चिन्हमा, सचेतक नेपाली पार्टी र नागकिर सर्वोच्चता पार्टी नेपाल सिंह निर्वाचन चिन्हमा, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपाल जाँतो निर्वाचन चिन्हमा र नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र नेपाल जनजागृति पार्टी नेपाल बस निर्वाचन चिन्हमा भाग लिने गरी समानुपातिकतर्फ बन्दसूची पेश गरेका छन् ।

यी हुन् बन्दसूची पेश गर्ने ५८ निर्वाचन चिन्हमा ६४ दल

नेपाल मजदुर किसान पार्टी ११० सिट
नेपाल लोकतान्त्रिक पार्टी १२ सिट
राष्ट्रिय जनमोर्चा ११० सिट
जनप्रिय लोकतान्त्रिक पार्टी १२ सिट
नेकपा माक्सवादी (पुष्पलाल) २० सिट
गतिशिल लोकतान्त्रिक पार्टी ११ सिट
जनता समाजवादी पार्टी, नेपाल १०१ सिट
समावेशी समाजवादी पार्टी ३१ सिट
समावेशी समाजवादी पार्टी नेपाल १२ सिट
नेपाल जनता संरक्षण पार्टी १७ सिट
नागरिक शक्ति नेपाल २५ सिट
राष्ट्रिय जनमुक्ति पार्टी ११ सिट
नेपाल जनमुक्ति पार्टी ११ सिट
मंगोल नेशनल अर्गनाइजेसन ११० सिट
उन्नत लोकतन्त्र पार्टी २२ सिट
जनता लोकतान्त्रिक पार्टी, नेपाल २५ सिट
पिपुल फस्ट पार्टी १८ सिट
नेपालको लागि नेपाली पार्टी ४३ सिट
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ११० सिट
त्रिमूल नेपाल २३ सिट
स्वाभिमान पार्टी ११ सिट
प्रजातान्त्रिक पार्टी नेपाल ४१ सिट
नेकपा (माले) ११० सिट
राष्ट्रिय उर्जाशिल पार्टी नेपाल ४६ सिट
एकल चिन्ह मोवाइल ११० सिट
राष्ट्रिय एकता दल ३२ सिट
राष्ट्रिय गौरब पार्टी २५ सिट
एकल चिन्ह जाँतो (चकिया) ११० सिट
श्रम संस्कृति पार्टी ११० सिट
नेशनल रिपब्लिक नेपाल २९ सिट
जनअधिकार पार्टी ११ सिट
राष्ट्रिय परिवर्तन पार्टी ४९ सिट
संसदीय लाकतान्त्रिक राष्ट्रिय मञ्च ११० सिट
नेपाल सद्भावना पार्टी ११० सिट
नेकपा (एमाले) ११० सिट
जनमत पार्टी ११० सिट
राष्ट्रिय मुक्ति आन्दोलन नेपाल २७ सिट
नेपाली कांग्रेस (बिपी) ११ सिट
राष्ट्र निर्माण पार्टी नेपाल ३५ सिट
राष्ट्रिय जनता पार्टी नेपाल १२ सिट
नेपाल मातृभूमि पार्टी २० सिट
मितेरी पार्टी नेपाल ११० सिट
एकल चिन्ह जकर भएको सिंह २५ सिट
नेपाली जनश्रमदान संस्कृति पार्टी ११ सिट
बहुजन शक्ति पार्टी २० सिट
नेपाली कम्युनिष्ट पार्टी (संयुक्त) ११० सिट
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ११० सिट
नेपाली जनता दल ११० सिट
जय मातृभूमि पार्टी ५५ सिट
राष्ट्रिय प्रजातान्त्रिक पार्टी ११० सिट
नेकपा (माओवादी) ११० सिट
सार्वभौम नागरिक पार्टी २८ सिट
प्रगतिशिल लोकतान्त्रिक पार्टी ११० सिट
नेपाल जनता पार्टी ६० सिट
एकल चिन्ह बस ११० सिट
संयुक्त नागरिक पार्टी ६१ सिट
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ११० सिट
नेपाली कांग्रेस ११० सिट

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports