तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन मार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर : प्रधानमन्त्री कार्की

1.11K
shares

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको बताएकी छन् ।

तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद्ले मंगलबार काठमाडौंको टुँडिखेलमा आयोजना गरेको तमु ल्होसार महोत्सवमा प्रधानमन्त्री कार्कीले विभिन्न परिस्थितिबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको बताएकी हुन् ।

त्यसको मुख्य आधार भनेको स्वच्छ र निष्पक्ष निर्वाचन नै भएको उनको भनाइ छ । आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण देशभरि बन्दै गएको भन्दै प्रधानमन्त्री कार्कीले दलहरुका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस भएको बताइन् ।उनले निर्वाचन सम्पन्न गर्ने दिशामा नयाँ कोशेढुंगा पार गरेको भन्दै निर्वाचन प्रक्रियामा पनि उत्साहका साथ सबै पक्ष सामेल हुने विश्वास सरकारको रहेको उल्लेख गरिन् ।

सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराखेको उनको भनाइ छ ।त्यस्तै प्रधानमन्त्री कार्कीले तमु ल्होसारजस्ता पर्वहरूले आफ्नो मौलिक पहिचान जोगाउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ बलियो बनाउन प्रेरित गरेको बतााइन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports