आउँदो फागुन २१ गते हुने भनिएको संसदको निर्वाचन हुनेमा अझै आंशका रहेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पार्टी सभापति एउटालाई, उपसभापति अर्कालाई, पार्टी अर्कालाई जिम्मा लाएर आफू प्रधानमन्त्री ? : अध्यक्ष ओली

1.46K
shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष बाँड्नु हाँस्यास्पद रहेको बताएका छन् ।

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहलाई लक्षित गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीमा हल्ला चलेको व्यक्ति अली बाठै होला भन्ने ठानेको भएपनि निर्णय देख्दा हाँस्यास्पद रहेको बताए ।‘केही दिनअघि प्रधानमन्त्री बाँडेको हल्ला सुनेँ । प्रधानमन्त्रीमा नाम चलेको व्यक्ति अलि बाठै होलान् भन्ने ठानेको तर त्यस्तो होइन रहेछ’ रास्वपा सभापति रवि लामिछाने र शाहबिच भएको सम्झाैताप्रति लक्षित गर्दै अध्यक्ष ओलीले भने ‘पार्टी सभापति एउटालाई, उपसभापति अर्कालाई, पार्टी अर्कालाई जिम्मा लाएर आफू प्रधानमन्त्री ? यो अस्ती सिंहदरबार आगो लगाउने बेलामा प्रधानमन्त्री बाँडे जस्तै हो ।’ अध्यक्ष ओलीले त्यसबेला जो भेट्यो उसैलाई प्रधानमन्त्री पद बाँडिएको बताए ।

नेकपा एमालेको ११औँ महाधिवेशनका सन्देश राजनीतिक निकासका सन्दर्भमा मदन आश्रित स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले निर्वाचन अघि प्रधानमन्त्री पद विभिन्न व्यक्तिहरूले बाँडेपनि निर्वाचन पछि एमाले–कांग्रेसले नै त्यो पद पाउने बताए ।‘कसले कसले प्रधानमन्त्री पद बाँडेको सुनिन्छ ’ अध्यक्ष ओलीले भने ‘एमाले–कांग्रेस बाहेक अरूले सरकार बनाउन सम्भव छ र ?’अध्यक्ष ओलीले असंवैधानिक तरिकाले विघटन गरिएको संसद् तत्काल पुनर्स्थापना हुनुपर्ने समेत बताए । सरकार बनाउने, कसलाई हटाउने, कसलाई राख्ने भन्ने थलो संसद् भएकोले यसलाई असंवैधानिक व्यक्तिले विघटन गरेर संविधानलाई सङ्कटमा पारेको उनले बताए ।

अध्यक्ष ओलीले संसद् पुनर्स्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएको तर यसको फैसला चाँडै आवश्यक रहेको बताए ।‘एउटै मुद्दा वर्षौँ बोकेर हिँड्न सकिँदैन । ढिलो न्याय दिनु भनेको न्याय नदिनु सरह हो ’ अध्यक्ष ओलीले भने ‘संसद् पुनर्स्थापना गरेर मात्र वर्तमान राजनीतिक सङ्कट हल गर्न सकिन्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports