तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसको प्रथम राष्ट्रपति र बहालवाला राष्ट्रपतिका छोरा–छोरीलाई प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवार

1.21K
shares

काठमाडौं । नेपाली कांग्रेसले प्रथम राष्ट्रपति र बहालवाला राष्ट्रपतिका छोरा–छोरीलाई प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवार बनाएको छ ।

कांग्रेसले प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा र हालका राष्ट्रपति रामचन्द्र पौडेलकी छोरीलाई समानुपातिकतर्फको उम्मेदवार बनाएको हो ।कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा प्रथम राष्ट्रपति यादवका छोरा डा. चन्द्रमोहन यादव र वर्तमान राष्ट्रपति पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलको नाम उल्लेख छ ।

कांग्रेसले केन्द्रीय सदस्य बलबहादुर केसीकी श्रीमती रिना उप्रेतीलाई पनि समाुनपातिकतर्फको उम्मेदवार बनाएको छ । बन्दसूचीमा नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोदप्रकाश कायस्थको नाम पनि समावेश छ ।कांग्रेसले बन्दसूचीका लागि आयोगमा पेस गरेको ‘कभर लेटर’ मा पहिलो नम्बरमा सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नाम उल्लेख गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports