सशस्त्र प्रहरी बलका डीएसपी प्रकाश कोइरालाको निधन
वि.सं.२०८२ पुस १६ बुधवार २३:५१
shares

काठमाडौं । सशस्त्र प्रहरी बलका डीएसपी प्रकाश कोइरालाको निधन भएको छ । कोइराला इलामको पशुपतिनगर गुल्ममा कार्यरत डीएसपी हुन् ।
बुधबार उनी सीमावर्ती क्षेत्र मानेभञ्ज्याङमा पेट्रोलिङ गरेर फर्किएका थिए । उनी फर्कनासाथ कार्यालयमै ढलेका थिए ।लगत्तै हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । साँझ ६ बजे एपीएफ अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
कोइराला एक महिना अघिमात्रै इन्चार्ज भएर पशुपतिनगरमा सरुवा भएका थिए । चिकित्सकका अनुसार, उनलाई हृदयाघात भएको जनाइएको छ ।






































