linktrix Long Ad
Salt Trading Long Ad

बालेन साहमाथि आरोप लौरो चुनाव चिन्हलाई राजनीतिक बार्गेनिङको रूपमा प्रयोग गरे

1.86K
shares

रास्वपाका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन) ले लौरो चुनाव चिह्नलाई राजनीतिक बार्गेनिङको हतियार बनाएको आरोप लागेको छ ।

बुद्धनगरस्थित एक बैंक्वेटमा बिहीबार आयोजित लौरो अभियान, स्वतन्त्र अभियान र जेनजी अभियानको विशेष भेला तथा पत्रकार सम्मेलनमा बालेनमाथि लौरो चुनाव चिह्नलाई निजी स्वार्थमा प्रयोग गरेको आरोप लगाइएको छ ।पत्रकार सम्मेलनमा आम स्वतन्त्र व्यक्तिको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ । पत्रकार सम्मेलनमा भनिएको छ– ‘रास्वपामा प्रवेश नगर्दासम्म बालेन्द्र साह लौरो अभियानका स्टेकहोल्डर थिए । उनको टिम राजनीतिमा दलगत प्रवेश गरे । लौरो भनेको स्वतन्त्रहरुको प्रतीक मात्र होइन, यो आस्था, धरोहर र स्वतन्त्रहरुको मन्दिर हो ।‘

बालेन साह र उनको टिमले लौरो चुनाव चिह्न स्वतन्त्र समूहलाई सुनिश्चित सम्मानजनक र आधिकारिक रुपमा फिर्ता गर्नु पर्ने अभियन्ताहरुले बताएका छन् ।देशभरका स्वतन्त्र व्यक्ति र लौरो अभियानका अभियान्ताहरुले लौरो चुनाव चिह्नलाई रुपान्तरण र पुस्तान्तरणको अभियानमा प्रयोग गरेको बताए । उनीहरुले लौरो चिह्न व्यक्ति समूह तथा गुटको निजी सम्पत्ति कहिल्यै पनि नरहेको बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports