कस्तो रहला आज शुक्रबारको मौसम ?
वि.सं.२०८२ पुस २५ शुक्रवार ०८:४४
shares

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र मधेश प्रदेशको तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा मध्यान्नसम्म हुस्सु/कुहिरो रहनेछ । कोशी, मधेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
यस्तै, राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।




































