सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगमा को-को विरुद्ध पर्यो उजुरी ?

1.08K
shares

काठमाडौँ । निर्वाचन आयोगमा विभिन्न पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको छ।

आयोग स्रोतका अनुसार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारीविरुद्ध पनि उजुरी परेको छ । नेपालले रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् ।त्यस्तै, भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका दुई जनाविरुद्ध उजुरी दर्ता भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठकविरुद्ध उजुरी परेको छ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका नागरिक उन्मुक्ति पार्टी नेपालका रेशम चौधरीविरुद्ध पनि उजुरी परेको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लालबिक्रम थापाविरुद्ध उजुरी दर्ता भएको आयोगले जनाएको छ।निर्वाचन आयोगका अनुसार प्राप्त उजुरीमाथि अध्ययन भइरहेको छ। कुन उम्मेदवारविरुद्ध कुन विषयमा उजुरी परेको हो भन्नेबारे आयोगले खुलाएको छैन।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports