तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाबुराम भट्टराईले फिर्ता लिए आफ्नो उम्मेदवारी

1.26K
shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी दिनमा देशले चाहेको राजनीतिक दल र समूह, व्यक्तिहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गोरखा २ मा दिएको उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै सबैको आग्रह बमोजिम बाहिर रहेर नै दलहरूलाई सघाउने बताए।उनले भनेका छन्, ‘भोलि आवश्यक पर्दा देशकै विभिन्न रूपको अभिभावकीय भूमिका निर्वाह गर्नु उपयुक्त हुन्छ भन्ने ठानेर मैले आज मैले जुन मनोनयन पत्र दर्ता गरेको थिएँ, त्यसलाई फिर्ता लिने मैले निर्णय गरेको छु । आगामी दिनमा म देशले चाहेको राजनीतिक दल, अग्रगामी सोच राख्ने दल, समूह, व्यक्तिहरूले चाहेका अनुसार नै म उहाँहरूलाई सहयोग गर्न, यो देशको निम्ति, समाजको निम्ति निरन्तर लागिरहन म आफ्नो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

आगामी दिनमा म आफू निरन्तर जनताको सेवामा लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले थपेका छन्, ‘म निरन्तर देशको अग्रगमनको पक्षमा, समृद्धिको पक्षमा, राष्ट्रिय स्वाधीनताको रक्षाको पक्षमा र खासगरी आगामी दिनमा जुन हामीले हिजोदेखि कायम, यो लागू गर्न नसकेको बृहत् शान्ति सम्झौतालाई कार्यान्वयन गर्ने कुरा छ, अहिले जेनजी विद्रोहपछि जेनजी समूहसँग राज्यले गरेको सम्झौता छ, यिनीहरूको कार्यान्वयन गर्नको निम्ति मैले आफ्नो तर्फबाट साथ सहयोग गर्ने नै छु । र आवश्यक पर्ने भूमिका म निःशर्त रूपमा, निस्वार्थ ढङ्गले मैले निर्वाह गर्ने नै छु ।’

उनले आफूले हुर्काउँदै आएको हिजोको नयाँ शक्ति पार्टी अहिले प्रगतिशील लोकतान्त्रिक पार्टीको रूपमा अगाडि बढेको बताए।उनले थपे, ‘सँगसँगै अरू रास्वपा, अन्य उज्यालो नेपाल पार्टी लगायतका जुन नयाँ बनेका पार्टीहरू छन् । पुराना दलहरूका पनि अग्रगामी सोच राख्ने जो साथीहरू हुनुहुन्छ, उहाँहरू सबैसँग सहकार्य गर्ने, सबैलाई सहयोग गर्ने मेरो प्रतिबद्धता रहन्छ । म यही प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि विगतका जस्तै यहाँहरूबाट सद्भाव प्राप्त भइराख्नेछ, म निरन्तर यहाँहरूको सेवामा लागिरहनेछु ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports