तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उम्मेदवारको बैक खाता छुट्टै खोल्न राष्ट्र बैङ्कलाई निर्वाचन आयोगको निर्देशन

806
shares

काठमाडौं । निर्वाचन आयोगले चुनावी खर्चलाई व्यवस्थित र पारदर्शी बनाउन राजनीतिक दल तथा उम्मेदवारका लागि छुट्टै बैंक खाता खोल्ने व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकलाई पत्र पठाएको छ।

आगामी प्रतिनिधि सभा निर्वाचनमा दल र उम्मेदवारले सबै चुनावी आम्दानी र खर्च एउटै निर्दिष्ट खातामार्फत गर्नुपर्नेछ। खर्च सञ्चालनका लागि जिम्मेवार व्यक्ति तोकी त्यसको विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको हो।

दलले २५ हजार रुपैयाँभन्दा बढी सहयोग बैंकमार्फत मात्र लिनुपर्नेछ भने नगद सहयोग प्राप्त भएमा सो रकम अनिवार्य रूपमा सम्बन्धित बैंक खातामा जम्मा गर्नुपर्नेछ।

निर्वाचनपछि पनि आयोगको निर्देशन नआएसम्म ती खाताहरू बन्द नगर्न राष्ट्र बैंकलाई आग्रह गरिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports