तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज सातै प्रदेशमा राष्ट्रियसभाको सदस्यका लागि मतदान जारी

897
shares

काठमाडौँ । राष्ट्रियसभामा फागुन २० गतेदेखि रिक्त हुने पदका लागि आज बिहान ९ बजेबाट मतदान शुरु भएको छ ।

कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएकाले बाँकी १७ पदका लागि सात प्रदेशमै मतदान शुरु भएको हो ।कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेश प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषामा मतदान जारी छ ।

यस्तै, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान भइरहेको छ । गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान भइरहेको छ ।

मतदानमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports