आज पनि तोलामा २४०० सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८२ माघ ११ आइतवार १३:०५
shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन २ हजार ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आज छापावाल सुन तोलामा ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको छ ।गत शुक्रबार छापावाल सुन तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार कायम भएको मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ६ हजार १९० रुपैयाँ कायम भएको चाँदी आज बढेर प्रतितोला ६ हजार ४८० रुपैयाँ कायम भएको छ ।


































