तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सूर्य बहाक उम्मेदवारलाई जिताउन धिमाल निर्वाचन परिचालन समिति गठन

1.03K
shares

दमक । आदिवासी धिमाल जातिहरुको भेलाले आउँदो फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले)का सूर्य ध्वजावाहक उम्मेदवारहरुलाई विजय गराउन धिमाल निर्वाचन परिचालन समिति गठन गरेको छ ।

मोरङको उर्लावारीस्थित मंगलबारेमा रहेको दश विघेको धिमाल जातीय विकास केन्द्रमा भएको भेलाले आज लोकतान्त्रिक धिमाल संघका केन्द्रीय सचिव मणिराज धिमालको संयोजकत्वमा ३१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका सूर्य ध्वजावाहक उम्मेदवारलाई जिताउन निर्वाचन परिचालन समितिको सहसंयोजक खड्गबहादुर धिमाललाई चयन गरिएको छ ।

झापा, मोरङ लगायतका पूर्वमा बसोवास गर्ने आदिवासी धिमाल समुदायबाट सदस्यहरुमा गिरीराज धिमाल, गजेन्द्र धिमाल, मिलन धिमाल, शान्ति धिमाल, अम्बर धिमाल, लालबहादुर धिमाल, रोमान्स धिमाल, सरिराज धिमाल र मिना धिमाल लगायतको सदस्य रहेको निर्वाचन परिचालन समिति गठन गरिएको लोकतान्त्रिक धिमाल संघका केन्द्रीय सचिव मणिराजले जानकारी दिए ।चुनाव केन्द्रित गतिविधिहरु पनि चाडै सुरु गरिने लोकतान्त्रिक धिमाल संघले जनाएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports