सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रियसभामा कांग्रेस बन्यो सबैभन्दा ठुलो दल, अरूको अबस्था के ?

897
shares

काठमाडाैँ । आइतबार १८ पदका लागि भएको निर्वाचनपछि राष्ट्रिय सभामा नेपाली कांग्रेस सबैभन्दा ठुलो दल बन्न पुगेको छ ।

निर्वाचनपछि नेपाली कम्युनिस्ट पार्टी दोस्रोमा झरेको छ । १८ पद मध्ये आइतबारको निर्वाचनमा कांग्रेसका तर्फबाट ९ जना सदस्य निर्वाचित हुँदा राष्ट्रिय सभामा कांग्रेसको सिट बढेर २५ पुगेको छ । राष्ट्रिय सभामा २५ सांसदसहित कांग्रेसले पहिलो ठुलो दलको हैसियत बनाएको हो ।यसअघि राष्ट्रिय सभामा कांग्रेसका १६ सांसद थिए । निर्वाचनबाट ९ सांसद थपिएपछि उसको सिटसंख्या बढ्न पुगेको हो । यससँगै राष्ट्रिय सभामा शक्ति सन्तुलन फेरिएकाे छ ।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबिच चुनावी तालमेल भएको थियो । यही तालमेल अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट प्राप्त गरेका हुन् ।यस निर्वाचनपछि तत्कालीन माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी सबैभन्दा ठुलो दलबाट झरेर दोस्रो ठुलो दलमा खुम्चेको छ ।

राष्ट्रिय सभामा १८ सिटसहित दोस्रो ठुलो दलको हैसियत नेपाली कम्युनिस्ट पार्टीले बनाउँदा नेकपा एमाले भने पूर्ववत ११ सिटसहित तेस्रो स्थानमै सीमित भएको छ ।यसअघि पनि ११ सांसद रहेको एमाले ८ सांसद बाहिरिने र आइतबारको निर्वाचनमा ८ जना नै थपिएपछि राष्ट्रिय सभामा एमालेका सांसद ११ कायमै हुने भएका हुन् ।

त्यसबाहेक जसपा नेपालका ३ र राष्ट्रिय जनमोर्चाका १ सांसद राष्ट्रिय सभामा कायम भएका छन् । यद्यपि निर्वाचनपछि राष्ट्रिय सभामा बदलिएको समीकरण र फेरिएको हैसियतले आगामी फागुन २० पछि मात्र औपचारिकता पाउनेछ । राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने प्रावधान छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports