प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

टेरामक्स काण्ड भ्रष्टाचार मुद्धामा सुनुवाइ सकियो, आदेश आउन बाँकी

1.2K
shares

काठमाडौं । पूर्वमन्त्री मोहनबहादुर बस्नेत मुछिएको ‘टेरामक्स प्रकरण’मा विशेष अदालतमा सुनुवाइ सकिएको छ । न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइ सकिएर आदेशको तयारी भइरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) उपकरण तथा प्रणाली खरिदमा तत्कालीन सञ्चारमन्त्री रहेका बस्नेतसहित १६ जनाविरुद्ध तीन अर्ब २१ करोड ८३ लाख रुपैयाँ घोटाला गरेको दाबीसहित अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

टेरामक्सका लागि पूर्वाधारबिनै कार्य सम्पन्न नगरी सामान आपूर्ति गर्दा दिएको भुक्तानी रकम र भुक्तानी भएको रकमको अतिरिक्त सम्झौताबमोजिम दायित्व सिर्जना भएको रकममा दूरसञ्चार प्राधिकरणलाई हानिनोक्सानी भएको दाबी अख्तियारको छ । बस्नेतले आयोजनाको सम्भाव्यता अध्ययन, लागतको आकलन, कार्यक्रमको प्रस्ताव, कानुनी र नीतिगत प्रबन्धबिनै टेरामक्स खरिदमा हस्तक्षेप गरेको अभियोगपत्रमा उल्लेख छ ।

विशेष अदालतमा कानुन व्यवसायीको बहस सकिएर आदेश आउने क्रममा छ । अख्तियारले २०८२ जेठ १ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports