सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कोलम्बियामा विमान दुर्घटनाबाट हुँदा सांसद सहित १५ जनाको निधन

741
shares

काठमाडौं । दक्षिण अमेरिकी देश कोलम्बियामा बुधबार विमान दुर्घटना भएको छ । बीचक्राफ्ट १९०० नामको विमानमा सवार सबै १५ जनाको मृत्यु भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार विमानमा १३ यात्रु र दुई चालक दलका सदस्य थिए । साथै, विमानमा कोलम्बियाली सांसद र आगामी चुनावका उम्मेदवार पनि थिए । विमान भेनेजुएला–कोलम्बिया सीमा नजिकै दुर्घटनाग्रस्त भएको थियो ।कोलम्बियाको सरकारी एयरलाइन्स सटेनाद्वारा सञ्चालित यो विमानले कुकुटा शहरबाट उडान भरेको थियो र बुधबार दिउँसो ओकाना शहरमा अवतरण गर्नुअघि सम्पर्क विच्छेद भएको थियो ।

विमान हराएको खबर पाउने बित्तिकै खोजी कार्य सुरु भएको थियो । बुधबार बिहान ११ः४२ बजे कुकुटाबाट उडेको विमान अवतरण गर्नुभन्दा ११ मिनेट अगाडि सम्पर्क विच्छेद भएको थियो ।विमानको भग्नावशेष कुकुटाको दुर्गम पहाडी क्षेत्रमा फेला परेको थियो । कुकुटा द्रुत गतिमा मौसम परिवर्तन हुने पहाडी क्षेत्र हो ।

कोलम्बियाली सरकारले खोजीमा सहयोग गर्न वायुसेना पनि खटाएको थियो ।कोलम्बियाको नागरिक उड्डयन एजेन्सीका अनुसन्धानकर्ताहरूले दुर्घटनाको कारण पत्ता लगाउन भग्नावशेषको जाँच गरिरहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports