नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रेशम चौधरीको मुद्धामा भएको फैसला झिकाउने सर्वोच्चको आदेश

1.82K
shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उमेदवारी कायम गर्न मागसहित दायर गरेको रिट निवेदनमा यसअघि भएको आदेश अनुरुप कार्य सम्पन्न गरी फाइल पेस गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।सर्वोच्चले यसअघि कर्तव्य ज्यान मुद्दासँग सम्बन्धित फैसलाको फाइल पेस गर्न आदेश दिएको थियो । उक्त प्रकरणमा सर्वोच्चले निर्वाचन आयोगसँग लिखित जवाफ समेत माग गरेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चौधरीले कैलाली–१ बाट उमेदवारी दर्ता गरेका थिए । अन्तरिम आदेशमा छलफलका लागि पक्ष–विपक्षलाई डाकेको थियो । अब कर्तव्य ज्यान मुद्दासँग सम्बन्धित फैसलाको फाइल पेस भएपछि आयोगले चौधरीको विषयमा गरेको निर्णय रोक्ने वा नरोक्ने भन्ने विषयमा अन्तरिम आदेशको टुंगो लाग्ने भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports