२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालमा आज देखी चक्रवात अर्नबको प्रभाव, यी प्रदेशमा बर्षा र हिमपातको सम्भावना

741
shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै, आज (बिहीबार)देखि बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को पनि प्रभाव रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी र बागमती प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा बाँकी हिमाली भू-भागका थोरै स्थानमा मध्यमदेखि भारीसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा अधिकांश बदली रहनेछ तथा बाँकी भू-भागमा साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एकदुई स्थानमा भारी वर्षा/हिमपातको तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार कात्तिक १२ गते (बिहीबार)देखि कात्तिक १४ गते (शनिबार)सम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा/हिमपातको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेकोले धानबाली भित्र्याउने लगायतका कृषि कार्य बिहीबार अगावै गर्नुहुन, उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिउँआँधी तथा हिमपहिरोको पनि जोखिम रहेकोले उच्च सतर्कता अपनाउन तथा पर्यटकहरू उच्च हिमाली भू-भागमा नजान र गएको भए पनि उक्त अवधिमा सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेकाे छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports