प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बेहुला बेहुली सवार गाडी दुर्घटना ८ जनाको निधन, केहिको अवस्था चिन्ता जनक

702
shares

प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बेहुली लिएर फर्किंदै गरेको ग१ज ५०९२ नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको डिएसपी सत्यनारायण थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार पाँच महिला र तीन पुरूष गरि आठ जनाको मृत्यु भएको हो।

मृतक र घाइतेको सनाखत भइसकेको छैन । जिप नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्किंदै गर्दा शनिबार बिहान ३ बजे दुर्घटना भएको डिएसपी थापाले बताउनुभयो । सदरमुकामभन्दा टाढा भएकोले घटनाको सबै विवरण आइनसकेको उहाको भनाइ छ ।

घाइतेहरूलाई जिल्ला अस्पताल लिइएको डिएसपी थापाले बताउनुभयो। घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको जानकारी पाएको प्रहरीले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय पुजा निवासीबाट पनि १५ किलोमिटर टाढा रहेको छ । जिप बेहुलाको घर नजिकै आउँदा दुर्घटना भएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports